Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ताप्लेजुङमा जिप दुर्घटना : गर्भवती महिलासहित नौ जना गम्भीर घाइते

    ताप्लेजुङमा जिप दुर्घटना : गर्भवती महिलासहित नौ जना गम्भीर घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २८ असोज २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    ताप्लेजुङ । जिल्लाको फुङ्लिङ नगरपालिका–८ दोखुको ल्याङ्बा सडक खण्डमा दसैँको महानवमीको दिन आज (बिहीबार) जिप दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

    मेची राजमार्गअन्तर्गत  मे १ ज २०५६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा गर्भवती महिलासहित नौ जना गम्भीर छन् भने बाँकी सामान्य घाइते भएका छन् ।



    सरदमुकाम फुङ्लिङदेखि सिरिजङ्घा गाउँपालिका केन्द्र तेल्लोकतर्फ गइरहेको जिप बिहीबार दिउँसो  ब्रेकफेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ।



    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राकेश यादवका अनुसार घाइते हुनेमा बालबालिकासमेत छन् ।

    सबै घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको र अधिकांस गम्भीर घाइतेहरूलाई जिल्ला बाहिर रेफर गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

    यता क्षमताभन्दा बढी यात्रु बोकेका कारण ब्रेक फेल भई जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार