Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पैसा नभएको चेक दिएर फरार भएका ६७ बर्षीय बृद्ध पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उच्च अदालत पाटनबाट ५ दिन कैद र १० लाख जरिवाना ठहर गरेका प्रतिवादीलाई पक्राउ गरेको छ ।

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितको नाममा चेक काटिदिने काठमाडौंका ६७ बर्षीय वृद्ध बस्ने नारायण भक्त संगत पक्राउ परेका हुन्।

नारायण भक्तले आफ्नो खातामा रकम नभएपनि पीडितलाई सिटिजन बैंकको चेक दिएका थिए । उक्त मुद्दामा उच्च अदालत पाटनले बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी २०७७ माघ २७ गते ५ दिन कैद र १० लाख रुपैंया जरिवाना ठहर गरेको थियो ।

अदालतको आदेश लगत्तै फरार भएका संगतलाई ब्यूरोको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित विशेष टोलीले सिफलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका संगतलाई काठमाडौं जिल्ला अदालत पेश गरिएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077