Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ब्याजदर बढाउने होड : कुन बैंकको ब्याजदर कति पुग्यो ? (सूचिसहित)

काठमाडौं – कोरोना महामारीका कारण सबै क्षेत्रको आर्थिक अवस्था थिलिएको छ। तर बैंकहरुबीच भने ब्याजदर बढाउने होडबाजी चलेको छ। बैंकहरुले असोज महिनाका लागि निक्षेप र कर्जामा ब्याज दर बढाएका हुन्।

त्यस्तै, मुद्धतीमा पनि ब्याज दर बढाइएको छ। बजारमा तरलता अभाव देखिएपछि बैंकहरुमा ब्याजदर बढाइएको हो। बैंकहरुले मुद्धतीमा दोहोरो अंकको ब्याजदर तोकेका छन्।

भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरुको ब्याजदर १–२ प्रतिशत बढेको छ। तरलता अभाव भएपछि बैंकहरुले निक्षेपकर्तालाई आकर्षित गर्न ब्याजदर बढाएका छन्।

राष्ट्र बैंकका अनुसार साउन महिनाको पहिलो सातामा बैंकिङ प्राणलीमा करिब ३७ अर्ब ३७ करोड रूपैयाँ तरलता रहेकोमा भदौ ३० गतेसम्ममा घटेर २० अर्ब रूपैयाँ पुगेको छ। बजारमा लगानी योग्य रकमको अभाव देखिन थालेपछि ब्याजदर बढाएर निक्षेप संकलन गर्न बैंकहरुमा प्रतिस्पर्धा चलेको छ।

यस्तो छ ब्याज दर (प्रतिशतमा)


  • एनआइसी एसिया आधार दर ६.८४ साधारण निक्षेप ३.६ मुद्धती ८.६

  • हिमालयन बैंक आधार दर ६.५५ साधारण निक्षेप ४.१५–६.१५ मुद्धती ५ –८.५०

  • एभरेष्ट बैंङ्क आधार दर ५.८५ साधारण निक्षेप ३.६१–४ मुद्धती ७ –८.६१

  • नेपाल एसबिआई बैंक आधार दर ७.३७ साधारण निक्षेप ३.५५ मुद्धती ४.०५ –८.५५

  • स्टाण्डर्ड चार्टड बैंक आधार दर ५.५१ साधारण निक्षेप २.७५ – ४ मुद्धती ३ – ७.५

  • सेन्चुरी बैंक आधार दर ७.५५ साधारण निक्षेप ४.२५ – ६.२५ मुद्धती ८ – ९.२५

  • एनएमबी बैंक आधार दर ६.८४ साधारण निक्षेप ४.५२–६.५२ मुद्धती ७.५०–९.५२

  • नेपाल इन्भेष्टमेन्ट बैंक आधार दर ५.७१ साधारण निक्षेप ४.०२ मुद्धती ९.०२

  • सानिमा बैंक आधार दर ६.१४ साधारण निक्षेप ४.५१ – ५ मुद्धती ७ –१०.०१

  • नविल बैंक आधार दर ५.५२ साधारण निक्षेप ४.२६–६.२६ मुद्धती ७.५१ – ९.०१

  • सिटिजन बैंक इन्टरनेशनल आधार दर ७.८४ साधारण निक्षेप ३ – ५ मुद्धती ७.५–८

  • प्राइम कमर्सिएल बैंक आधार दर ७.२१ साधारण निक्षेप ४.७६–५.७६ मुद्धती ८–९.५०

  • सनराइज बैंक आधार दर ७.०१ साधारण निक्षेप ५.०७ मुद्धती ९.१० – १०.०७

  • मेगा बैंक आधार दर ६.४८ साधारण निक्षेप ५.०५–६.०५ मुद्धती ८–९.५५

  • नेपाल बंङलादेश बैंक आधार दर ७. ४१ साधारण निक्षेप ३.७६ – ४.७६ मुद्धती ८.५१– ८.७६

  • सिद्धार्थ बैंक आधार दर ६.८३ साधारण निक्षेप ४.०५–५.०५ मुद्धती ८.२५ – ९.०५

  • ग्लोबल आइएमई बैंक आधार दर ६.६० साधारण निक्षेप ४.५० मुद्धती ८.८०–१०.५०

  • बैंक अफ काठमान्डू आधार दर ७.३० साधारण निक्षेप ३.७७–५.२७ मुद्धती ६.२७–८.७७

  • लक्ष्मी बैंक आधार दर ७.०८ साधारण निक्षेप ४.६ मुद्धती ९

  • एनसीसी बैंक आधार दर ७.५७ साधारण निक्षेप ४.२६–५ मुद्धती ६.५ – ९

  • सिभिल बैंक आधार दर ७.७९ साधारण निक्षेप ४.२५–६.२५ मुद्धती ७.२५–९.२५

  • प्रभु बैंक आधार दर ७.१० साधारण निक्षेप ३.२५–५ मुद्धती ६.७५–८.२५

  • माछापुच्छ्रे बैंक आधार दर ६.८० साधारण निक्षेप ३.७५–५ मुद्धती ७.५०–८.७५

  • कृषि बिकास बैंक आधार दर ७.४९ साधारण निक्षेप ३.५–५ मुद्धती ६–८.६०

  • कुमारी बैंक आधार दर ७.६७ साधारण निक्षेप ३.१५–५.१५ मुद्धती ८.१५

  • राष्ट्रिय बाणिज्य बैंक आधार दर ५.४१ साधारण निक्षेप ३.०६–६ मुद्धती ६–९.०६

  • नेपाल बैंक लिमिटेड आधार दर ५.७३ साधारण निक्षेप ३.०५–४.५५ मुद्धती ८.०५

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077