Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लाखौँको चेक बाउन्स मुद्दाका फरार बिनम र प्रकाश सीआईबीको फन्दामा

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बैंकिङ कसूर मुद्दाका फरार २ प्रतिवादीहरूलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ बस्ने ३६ वर्षीय बिनम श्रेष्ठ र काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-१ घर भएका ४८ वर्षीय प्रकाश श्रेष्ठ रहेका छन्। उनीहरु दुवै जनलाई मंगलबार सीआईबीले पक्राउ गरेको हो ।

सीआईबीको टोलीले बिनमलाई काठमाडौं असनबाट र प्रकाशलाई रुपन्देहीबाट  पक्राउ गरेको हो ।

सीआईबीका अनुसार उक्त मुद्दामा बिनमलाई अदालतबाट ७ दिन कैद र १७ लाख ६५ हजार रुपैयाँ जरिवाना र प्रकाशलाई ५ दिन कैद र ११ लाख ५० हजार जरिवाना तोकिएको थियो ।

उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितहरूलाई झुक्याएर बैंक अफ काठमाडौं र सिद्धार्थ बैकको चेक दिई बैंकिङ कसूरजन्य अपराध गरेको अदालतले ठहर गरेको थियो ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077