Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केपी ओलीको स्पष्टीकरण : सभामुखलाई माइकले हान्ने योजना थिएन

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसद बैठकमा अवरोध जारी राख्न आफ्नो पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।

आइतबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमाले फुटाउने षडयन्त्रमा लागेको भन्दै आफ्नो पार्टीका सांसदलाई यस्तो निर्देशन दिएका हुन्।

संसदीय मर्यादाभित्र रहेर संसद अवरोध जारी राख्न निर्देशन दिंदै बैठकमा ओलीले भने,अवरोध गर्नुपर्छ, गर्नुहोस्, नारा लगाउने र बेल घेर्ने भन्दा बाहिर नजानुस् ।’

यस्तै, सभामुख सापकोटालाई माइकले हानेकोप्रति स्पष्टीकरण दिंदै ओलीले भने, 'माइकले हान्ने पार्टीको कुनै पनि योजना थिएन, काँध चढेर मर्यादापालकको घेरा तोड्न खोजेजस्तो देखियो, त्यस्तो होइन, हामी मर्यादापालकको घेरा तोडेर जान चाहदैनौँ', उनले भने, 'मर्यादा पालकले पनि हामीलाई स्थान दिनुपर्छ, ठाउँ नहुँदा तनावको स्थिति सिर्जना हुन्छ ।'

ओलीले सीमाभित्र रहेर मर्यादापालक परिचालन गर्न सत्तापक्षलाई आग्रह गर्दै आफूहरु धेरै वादविवादमा जान नचाहेको उल्लेख गरे।

[insert page='85414' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077