Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद बैठकमा अवरोध जारी राख्न ओलीको निर्देशन

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसद बैठकमा अवरोध जारी राख्न आफ्नो पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।

आइतबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमाले फुटाउने षडयन्त्रमा लागेको भन्दै आफ्नो पार्टीका सांसदलाई यस्तो निर्देशन दिएका हुन्।

संसदीय मर्यादाभित्र रहेर संसद अवरोध जारी राख्न निर्देशन दिंदै बैठकमा ओलीले भने,अवरोध गर्नुपर्छ, गर्नुहोस्, नारा लगाउने र बेल घेर्ने भन्दा बाहिर नजानुस् ।’

संसद बैठक अबको केहीबेरमा बस्दै छ । गत बुधबारदेखि सुरु भएको संघीय संसदको नवौं अधिवेशन अन्तर्गतको बैठकलाई एमाले सांसदहरुले निरन्तर अबरुद्ध गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077