Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गठबन्धनको सरकार लोकतन्त्र समाप्त पार्न लागेको केपी ओलीको आरोप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुले आफ्नो स्वार्थका लागि मात्र काम गरेको आरोप लगाएका छन् ।

बुधबार सिंहदरवारमा पार्टीको संसदीय दलको बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिदै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो आरोप लगाएका हुन्।

संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरुले संसद बैठक सहज रुपमा सुचारु हुन दिन नहुने भन्दै नेतृत्वलाई सुझाव दिएका थिए । उनीहरुले विवादमा रहेको एमसीसी के हुन्छ भन्दै अध्यक्ष ओलीलाई प्रश्न गरेका थिए ।

जवाफमा ओलीले लोकतन्त्रलाई समाप्त पार्न सरकार नै लागि परेको आरोप समेत लगाए । उनले सरकारका अघि सजग रहनुपर्ने भन्दै देश नै गम्भिर अवस्थामा पुगेको समेत बताए। 'देश नै गम्भिर अवस्थामा छ । अनेक हिसावले यो सरकारले लोकतन्त्रलाई हुर्मत लिन र समाप्त पार्न खोजेको छ’, ओलीले भने, ‘कथित गठबन्धनमा लोकतन्त्र मास्न लागेकाहरू छन् ।’

यस्तै सरकार परमादेशबाट आएको भन्दै उनले अघि भने, 'लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियाबाट आएको होइन यो सरकार, परमादेशबाट आएको हो, जनमतको कदर हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077