Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसीमा बहस गर्न रोक लगाउँदै सरकार, अमेरिकी राजदूतावास भन्छ, ‘तथ्यसहितको बहसलाई स्वागत’

काठमाडौं । नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बहस विषय बनिरहेको छ। सरकारले एमसीसी सम्झौता अघि बढाउने तयारी गरेपछि बहससँगै विरोध, प्रदर्शनका कार्यक्रम पनि हुन थालेका छन्।

नेपाल सरकारले विज्ञप्ति निकालेरै यस्ता विषयवस्तुमा अनावश्यक टिकाटिप्पणी नगर्न भनेका बेला अमेरिकी दूतावासले तथ्यसहित बहसलाई स्वागत गर्ने जानकारी दिएको छ। दूतावासले तथ्यमा आधारित सार्वजनिक छलफल र अभिव्यक्तिको स्वतन्त्रताको दृढ समर्थक भएको ट्विटरमा उल्लेख गरेको छ।

‘हामी एमसीसीसहितको विषयमा तथ्यमा आधारित सार्वजनिक बहस र अभिव्यक्ति स्वतन्त्रताको दृढ समर्थक हौं,’ दूतावासले सोमबारको ट्विट गर्दै भनेको छ, ‘शान्तिपूर्ण रुपमा कसैले पनि धारणा राख्न पाउनु प्रजातन्त्रको मूलभूत तत्व हो।’

नेपालमा विद्युत तथा सडक परियोना सञ्चालन गर्ने विषयमा अमेरिक संस्था मिलेनिमय च्यालेन्ज कर्पोरेसन(एमसीसी)सँग भएको सम्झौता अनुमोदनको विषयमा संसद्मा विचाराधीन रहेको छ। एमसीसी सम्झौताअनुसार नेपालले ५० करोड अमेरिकी डलर सहयोग पाउँनेछ। तर एमसीसी सम्झौताका केही बूँदाहरु राष्ट्रघाति भएको भन्दै विरोध भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077