Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लाखौंको चेक बाउन्स मुद्धाका फरार पराजुली पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ् कसूर मुद्दा (चेक बाउन्स)मा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका १२ सिमपानी घर भई हाल काठमाडौं माछापोखरी बस्ने ५६ बर्षीय शिवराम पराजुली रहेका छन् । पराजुलीलाई सीआईबीको टोलीले सोमबार काठमाडौँकै बालाजुस्थित शेषमतिपुलबाट पक्राउ गरेको हो।

सीआईबीका अनुसार पक्राउ परेका पराजुलीलाई २०७८।०३।२८ गते उच्च अदालत पाटनबाट ७ दिन कैद सजाय र तेह्र लाख पचास हजार जरिवानाको फैसला सुनाईएको थियो।

अदालातको उक्त फैसलापछि फरार रहेका पराजुलीले पीडीतलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएपछि झुक्याएर हाम्रो विकास  बैंकको चेक दिएको सीआईबीका प्रवक्ता एवं एसपी श्याम कुमार महतोले जानकारी दिए ।

एसपी महतोका अनुसार पराजुलीलाई बैंकिङ्क कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा सजाय माग गर्दै अदालतमा पेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077