Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालविरुद्ध गोल गरेका भारतीय कप्तान सुनिल क्षेत्रीले किन सेलिब्रेसन गरेनन् ?

काठमाडौं – भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २–१ गोलले हारेको छ। दशरथ रंगशालामा भएको खेलमा तीनै गोल दोस्रो हाफमा भएका थिए।

रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ६१ औं मिनेटमा भारतले नेपालविरुद्ध शुरुवाती अग्रता बनाएको थियो। उसका लागि फारुक चौधरीले गोल गरेका थिए।

फारुकले कप्तान सुनिल क्षेत्रीको हेडर पासबाट आएको बललाई पोष्टको दिशा दिएका थिए। त्यसपछि खेलको ८० औं मिनेटमा भारतले अग्रता दोब्बर बनायो। यसपटक कप्तान क्षेत्रीले नै गोल गरे। खेलको ८७ औं मिनेटमा तेज नेपालका नेपालका लागि एक गोल फर्काए।

भारतीय कप्तान क्षेत्रीले शानदार गोलपछि पनि गोल सेलिब्रेसन गरेनन्। नेपालविरुद्ध उनले गरेको यो पाँचौँ गोल हो। तर दशरथ रङ्गशालामा उनले नेपालविरुद्ध गरेको यो पहिलो गोल हो।

मैत्रीपूर्ण खेलको ८० मिनेटमा गोल गर्दै भारतलाई २–० ले अघि बढाएका सुनिलले उक्त गोलको खुसीयाली भने मनाएनन्। जबकि उनले मैदानको मध्य भागबाटै बललाई अघि बढाएर निकै शानदार फिनिसिङ गरेका थिए।

सुनिलकी आमाले कुनै समय नेपालको महिला टोलीबाट खेलेकी थिइन्। सुनिलका हजुरबा नेपालको ताप्लेजुङ जिल्लाबाट बेलायती–भारतीय सैनिकमा भर्ती हुन गएका थिए। त्यसकारण क्षेत्रीले आफ्ना आमा, हजुरआमा र हजुबुबाको देश नेपालविरुद्ध गरेको गोलमा खुशीयाली नमनाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077