Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • भारतविरुद्ध नेपाल : ८ वर्षदेखि जितविहीन, सेप्टेम्बर ५ मा इतिहास दोहोर्‍याउने मौका गुम्यो

    भारतविरुद्ध नेपाल : ८ वर्षदेखि जितविहीन, सेप्टेम्बर ५ मा इतिहास दोहोर्‍याउने मौका गुम्यो

    अनलाइन नेपाल
  • आइतबार, २० भाद्र २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं – नेपाल र भारतविरुद्धको पछिल्लो दुई मैत्रीपूर्ण खेलमा पनि नेपालले भारतविरुद्ध जित निकाल्न सकेन। बिहीबार भएको मैत्रीपूर्ण खेलमा भारतसँग १-१ गोलको बराबरी खेलेको नेपालले आइतबार भएको खेलमा २–१ गोलको हार बेहोरेको छ।

    नेपालले ८ वर्षदेखि भारतलाई पराजित गर्न सकेको छैन। पछिल्लोपटक नेपालले सन् २०१३ को सेप्टेम्बरमा भएको साफ च्याम्पियनसीपमा भारतलाई २–१ गोलले पराजित गरेको थियो।



    त्यसयता नेपालले भारतसँग ७ खेल खेलिसकेको छ। तीमध्ये ५ खेल हारेको छ भने २ खेलमा बराबरी गरेको छ। समग्रमा नेपालले भारतलाई २१ खेल खेलिसक्दा २ पटक मात्र पराजित गरेको छ।

    नेपालले पछिल्लोपटक भारतलाई हराएको खेल २०१३ को सेप्टेम्बर ५ तारिखकै दिन भएको थियो। जुन मिति ८ वर्षपछि आजकै मिति हो। त्यसबेला नेपालले भारतविरुद्द सम्रगमा दोस्रो जित निकालेको थियो भने २०२१ को सेप्टेम्बर ५ मा तेस्रो जित निकाल्ने अवसर थियो। तर नेपाल इतिहास दोहोराउन असफल भएको छ।

    यसपटक नेपाललाई भारतविरुद्ध घरेलु मैदानमा जित निकाल्दै ८ वर्षदेखिको जितविहीन अवस्थालाई बदल्ने अवसर थियो। तर नेपाल चुकेको छ। यद्यपी नेपालले खेलमा भने धेरै सुधार गरेको छ। कुनै समय विपक्षीबाट धेरै गोल नहोस् भनी रक्षात्मकरुपमा प्रस्तुत हुने नेपाल अहिले गोल गर्नुपर्छ भनी आक्रमणमा अघि बढ्न थालेको छ। विपक्षी टोलीमाथि दबाब सिर्जना गर्न थालेको छ।

    मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोली सम्हालेपछि नेपालको खेल्ने शैली फेरिएको छ। भारतविरुद्धको २ खेलको नतिजालाई बिर्सने हो भने नेपालले त्यतिको बलियो टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ।

    नेपाल र भारतको यो खेल मैत्रीपूर्ण खेल हो। साफ च्याम्पियनसीपको तयारीमा रहेका दुई टाेलीले अभ्यासका लागि यो खेल खेलेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार