Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतसँग नेपाल पराजित

काठमाडौं – दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग पराजित भएको छ। आइतबार भएको खेलमा नेपाल २–१ गोलले हारेको हो।

प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफको केही समयपछि भारतले लगातार २ गोल गरेको थियो।

दोस्रो हाफको ६१ औं मिनेटमा भारतले शुरुवाती अग्रता बनाएको थियो। उसका लागि फारुक चौधरीले खेलको पहिलो गोल गरेका थिए। फारुकले सुनिल क्षेत्रीको हेडर पासमा बललाई पोष्टको दिशा दिएका थिए।

त्यसपछि खेलको ८० औं मिनेटमा भारतले दोस्रो गोल गरेको थियो। यसपटक भारतका लागि सुनिल क्षेत्रीले गाेल गरेका हुन्। उनले काउन्टर एट्याकमा गोल गरेका थिए।

खेलको ८७ औं मिनेटमा तेज तामाङले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर एकपछि अर्को आक्रमण बुन्ने प्रयास गरेको नेपाल असफल भयो।
पहिलो हाफमा आक्रामक देखिएको नेपाल दोस्रो हाफमा केही कमजोर देखिएको थियो। यद्यपी नेपाली टोलीले भारतलाई अधिकांश समय दबाबमा राखेको थियो।

यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेका थिए। सो खेलमा नेपालले शुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको थियो। पहिलो मैत्रीपूर्ण खेलपछि दुबै टोलीका प्रशिक्षकले नतिजामा असन्तुष्टि व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077