Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • झापामा खोला किनारमा आमा छोराको शव फेला, बच्चासहित हाम फालेको आशङ्का

    झापामा खोला किनारमा आमा छोराको शव फेला, बच्चासहित हाम फालेको आशङ्का

    अनलाइन नेपाल
  • आइतबार, २० भाद्र २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    झापा। जिल्लाको कनकाई नगरपालिका–७ विरिङ खोलामा आज आमा छोराको शव फेला परेको छ । उक्त शव विराटनगर घर भई हाल कनकाई नपा–८मा रहेको माइती घरमा बस्दै आएकी ३८ वर्षीया उमा विक र उनको अढाइ वर्षीय छोरा शिशिर रहेको प्रहरीले जनाएको छ ।

    मोरङ सुनवर्षी नगरपालिका बस्ने श्रीमान् दिलीप लोहाको मृत्युपछि उनी बच्चासहित माइतै बस्दै आएकी थिइन् । शनिबार राति बच्चासहित आफन्तलाई थाहै नदिइ घरबाट सुटुक्क हिँडेकी विक र बालकको शव विरिङ खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।



    विरिङ खोला किनारमा मान्छेको शव देखिएको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले आमा छोराको शव करिब एक किलोमिटरको अन्तरमा फेला परेको थियो । प्रहरीले उनले बच्चासहित खोलामा हाम फालेको हुनसक्ने आशङ्का गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार