Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दोस्रो मैत्रीपूर्ण खेलमा भारतको सामना गर्दै नेपाल, यस्तो छ हेड टु हेडको तथ्याङ्क

काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण दोस्रो खेल आज हुदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ः३० बजे शुरू हुनेछ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन्। साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ सम्म आयोजना हुने हुँदैछ।

यसअघि नेपाल र भारतबीचको पहिलो खेल १÷१ गोलको बराबरीमा सकिएको थियो। उक्त खेलको नतिजामा दुबै देशका प्रशिक्षकले असन्तुष्टि व्यक्त गरेका थिए। आइतबारको खेलमा दुबै टोली स्पष्ट जितको खोजीमा हुनेछन्।

नेपालले हालसम्म सबै प्रतियोगितामा भारतसँग २० खेलमा प्रतिस्पर्धा गरिसकेको छ। तीमध्ये १३ खेलमा हार बेहोरेको छ भने २ खेलमा मात्र जित निकालेको छ। ५ खेल बराबरीमा सकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077