Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारत भर्सेस इंग्ल्याण्ड : खेल मैदान प्रवेश गरी खेलाडीमाथि आक्रमण, एक जना पक्राउ (भिडियो)

एजेन्सी । भारत र इंग्ल्याण्डबीच ओभलमा जारी चौथो टेस्ट म्याचको दोस्रो दिन स्टेडियममा प्रवेश गरी खेलाडीलाई आक्रमण गर्ने एक व्यक्ति पक्राउ परेका छन्। ती व्यक्तिले इंग्ल्याण्डका क्रिकेटर जोनी बेयरस्टोलाई धक्का दिएका थिए। जार्भो नामक यी व्यक्ति म्याचको क्रममा मैदानमा प्रवेश गरेका थिए। उनले जोनी बेयरस्टोलाई भारतीय बलर उमेश यादवको नक्कल गर्दै धकेलेका थिए। यसअघिका दुई टेस्ट म्याचमा पनि जार्वोले यस्तै खालको हर्कत गरेका थिए। इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले भनेको छ, “पिचमा कुनै पनि अतिक्रमण अस्वीकार्य छ। जहाँ खेलाडीहरुको सुरक्षाको कुरा आउँछ, हामी यसलाई स्वीकार गर्दैनौं।’ यो घटना इंग्ल्याण्डको पारीको ३४ औं ओभरमा भएको थियो। भारतका उमेश यादव बलिङ गरिरकेका बेला जार्वो मैदानतिर दौडिएका थिए। यादवकै छेउबाट जाँदै जार्वोले बलिङ गरेजस्तै गरी हात घुमाए। यस दौरान जार्वोले नन–स्ट्राइकर इण्डमा रहेका जोनी बोयरेस्टोलाई धकेलेका थिए। खेल पाँच मिनेटको लागि अवरुद्ध भएको थियो। जार्वो खेल मैदानमा यसरी प्रवेश गरेको यो तेस्रो पटक हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077