Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • कैलालीमा विङ्गर र अटो रिक्सा ठोक्कियो : ३ जनाको मृत्यु, ५ घाइते

    कैलालीमा विङ्गर र अटो रिक्सा ठोक्कियो : ३ जनाको मृत्यु, ५ घाइते

    अनलाइन नेपाल
  • शनिबार, १९ भाद्र २०७८
  • 2.3K
    SHARES

    कैलाली – कैलालीमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्। प्रहरीका अनुसार विङ्गर र अटो रिक्सा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

    दुुर्घटनामा परी ज्यान गुमाउनेमना अटोमा सवार घोडाघोडी नगरपालिका–९ का २४ वर्षीय युुवराज चौधरी, २६ वर्षीय भीगम चौधरी र १९ वर्षीय जितेन्द्र चौधरी रहेका छन्। गम्भीर घाइते भएका उनीहरु तीनै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको हो।



    दुुर्घटनामा परेर घोडाघोडी नगरपालिका–९ कै २३ वर्षीय दीपेन्द्र चौधरी, २२ वर्षीय सुरेन्द्र चौधरी, २९ वर्षीय हरी चौधरी, १९ वर्षीय आशन चौधरी र कञ्चनपुरको वेदकोट नगरपालिका–१० दैजीका २५ वर्षीय धने रावल घाइते भएका छन्।



    शुुक्रबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरत कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुुरमा पूर्वतर्फ गइरहेको म१ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से१ह २५१० नम्बरको अटो रिक्सा ठोक्किएको थियो। दुर्घटनापछि विङ्गरका चालक भागेका छन्। उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार