Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल र भारतबीच बराबरी

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र भारतले बराबरी खेलेका छन्। बिहीबार भएको खेलमा दुबै टोलीले एक–एक गोलको बराबरी खेलेका हुन्।

प्रतिस्पर्धातमक खेलमा नेपालले शुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको हो। खेलको ३६ औं मिनेटमा नेपालले अग्रता बनाएको थियो। नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए। पहिलो हाफभरि नेपालले अग्रतालाई जोगाएको थियो।

तर दोस्रो हाफको ६१ औं मिनेटमा भारत खेलमा फर्किएको थियो। भारतका लागि अनिरुध थापाले गोल गरेका थिए। त्यसपछि खेलमा दुबै टोलीले केही अवसरहरु सिर्जना गरेपनि गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो।

अब नेपाल र भारतले आइतबार दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077