Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ज्यान मुद्धामा फरार चौधरी ९ वर्षपछि पक्राउ

कलैया । जिल्ला प्रहरी कार्यालय बाराले ९ बर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कोल्हवी नगरपालिका-१ बस्ने ३६ वर्षीय अनिल कुमार चौधरी रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २०६९ जेठ २२ गते सोही ठाउँ बस्ने १८ वर्षीय अजय चौधरीको शव फेला परेको  र उक्त  घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीमाथि जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077