Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाढीले जीप बगाउँदा दिदिबहीनीको मृत्यु, २ जना बेपत्ता

दाङ । बाढीले जीप बगाउँदा दाङमा दिदिबहीनीको मृत्यु भएकको छ। घटनामा २ जना बेपध भएका छन्।

जिल्लाको घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा एकै घरका दुई दिदिबहिनीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा घोराही १३ का ३२ वर्षीया सुशीला श्रेष्ठ र घोराही १४ का ३० वर्षीया राधा श्रेष्ठ कुँवर रहेको दाङका प्रहरी प्रबक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। राधा र शुसीला घोराही उपमहानगरपालिका– १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुन्।

बाढीमा बेपत्ता भएका अन्य दुई जना महिलाको खोजी भइरहेको छ। घटनामा घोराही १३ का ४० वर्षीया रितामाया पुन र घोराही १४ का ४२ वर्षीया विमला केसीलाई बाढीले बेपत्ता भएका हुन्। भारतको रुपैडियामा किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो। प्रदेश ०३–०१–०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077