Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा कोरोना संक्रमणबाट एकैदिन ५ सय ५ जनाको मृत्यु

एजेन्सी – भारतमा कोरोना भाइरसको संक्रमण उही गतिमा बढिरहेको छ। दिनहुँ हजारौको संख्यामा संक्रमितहरु थपिइरहेका छन् भने सयौंको संख्यामा मानिसहरुको मृत्यु भइरहेको छ।

बिहीबार भारतमा थप ४५ हजार ९७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २८ लाख ५६ हजार ८६३ पुगेको छ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९६ हजार २०७ जना संक्रिय संक्रमित छन्। यस्तै त्यहाँ एकैदिन ५०५ संक्रमितको मृत्यु भएको छ। पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५५९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077