Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल र भारत भिड्दै : हालसम्मको तथ्याङ्कमा को बलियो ? सबै खेलको नतिजा हेर्नुहोस्

काठमाडौं – नेपाली फुटबल टोलीले भदौ १७ गते बिहीबार भारतीय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ। खेल त्रिपुेरेश्वरस्थित दशरथ रंगशालमा नेपाली समयअनुसार ५ बजे शुरु हुनेछ।

अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपाल र भारतले २ मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्। दोस्रो खेल २० गते शनिबार हुनेछ।

खेलका लागि भारतीय टोली नेपाल आइपुगिसकेको छ। उक्त खेलबारे भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले आफ्नो प्रतिक्रिया दिएका छन्। उनले हजुरबा, हजुरआमा, आमाको देश नेपालमा खेल्न पाउँदा खुसी लागेको बताएका हुन्।

कोरोनाका कारण कठिन परिस्थितिमा खेल खेल्न लागिएको भन्दै उनले जे भए पनि नेपालसँग खेल्नका लागि उत्सुक रहेको बताए। हालसम्म नेपाल र भारतबीच हालसम्म १९ खेलमा प्रतिस्पर्धा भएको छ। तीमध्ये भारतले १३ खेल जितेको छ। नेपालले २ मात्र खेल जितेको छ भने ४ खेल बराबरीमा सकिएको छ।

पछिल्लोपटक नेपाल र भारतको भेट २०१७ को जुन महिनामा भएको थियो। मैत्रीपूर्ण उक्त खेलमा नेपाल २–० गोलले हारेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077