Online Nepal
  • बुधबार, १० पुष २०८१
  • अफगानिस्तानबाट पूर्णरुपमा बाहिरिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले के भने ?

    अफगानिस्तानबाट पूर्णरुपमा बाहिरिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले के भने ?

    अनलाइन नेपाल
  • बुधबार, १६ भाद्र २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बिडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने आफ्नो निर्णयको बचाउ गरेका छन्। अमेरिकी सेना फिर्ता भएपछि अफगानिस्तान अहिले पूण्र्नरुपमा तालिबानको नियन्त्रणमा छ।

    अमेरिकी सेना फिर्ता गर्ने आफ्नो निर्णयको बचाउ गर्दै बाइडेनले अफगानिस्तानमा लामो समय बस्नुको विकल्प नभएको बताएका छन्। मंगलबार मध्यराति (अफगानिस्तान समय)मा अमेरिकाको अन्तिम सैन्य विमान उडेको थियो। यससँगै २० वर्षे एक युद्धको अन्त्य भएको थियो।



    अमेरिकाको अन्तिम विमानले अफगानिस्तान छाडेपछि जो बाइडेनले आफ्नो निर्णय र भविष्यको नीतिहरुको बारेमा राष्ट्रलाई सम्बोधन गरेका छन्। राष्ट्रपतिले बाइडेनले अफगानिस्तान छोड्न चाहने करिब एक लाख १५ हजार मानिसलाई एयरलिफ्ट गराएको भन्दै अमेरिकी सेनाको प्रशंसा गरे।



    उनले अमेरिकाले इतिहासको सबैभन्दा ठूलो एयरलिफ्टमध्ये एक पूरा गरेको बताए। बाइडेनले अमेरिकासँग यस्तो गर्न सक्ने इच्छा र क्षमता रहेको पनि जानकारी दिए।
    अफगानिस्तानबाट अमेरिका पूण्र्नरुपमा फिर्ता भएपछि तालिबान लडाकुहरुले आकाशतिर फायरिङ गर्दै खुशीयाली मनाएका थिए। तालिबान नेताहरुले अमेरिकाको फिर्तालाई आफ्नो जीतको रुपमा वर्णन गरेका छन् र जनताहरु यसबाट खुसी रहेको दाबी गरेका छन्।

    अमेरिकाको नेतृत्वमा गठबन्धन देशहरुका सेनाहरु २००१ देखि अफगानिस्तानमा तैनाथ थिए। अमेरिकामा ९÷११ मा भएको हमलापछि लिइएको यो कदमले तालिबानलाई सत्ता बाट हटाएको थियो। तर तालिबाने सत्तामा पुनरागमन गरेको छ।

    अफगानिस्तानबाट अमेरिकी सेना यसरी फिर्ता भएकोमा राष्ट्रपति बाइडेनको धेरै आलोचना भइरहेको छ। तालिबान लडाकुहरुले मात्र ११ दिन भित्र अफगानिस्तान सम्पूर्णरुपमा आफ्नो नियन्त्रण लिए। अगस्ट १४ मा काबुल पनि उनीहरुको नियन्त्रणमा गएको थियो।

    राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट अमेरिकी नागरिकहरु, गठबन्धनका मानिसहरु र स्थानीय अफगानहरु (अमेरिकी सेनालाई सहयोग गर्नेहरु) लाई काबुल एयरपोर्टबाट सुरक्षित निकाल्नका लागि ६ हजार अमेरिकी सेना तैनाथ गरेको थियो। बाइडेनले आचोचित निर्णयको बचाउ गर्दै आफूले यो युद्धलाई सधैंका लागि जारी राख्न नचाहेको स्पष्टिकरण दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार