Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाढीले बगाउँदा मलामीको मृत्यु

दाङ । अविरल वर्षासँगै बबई नदीमा आएको बाढीले बगाउँदा दाङमा एक मलामी गएका व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका–१ बाँकीका ५० वर्षीय बामदेव देवकोटा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए।

सोही गाउँका एक पुरुषको मृत्यु भएपछि मलामी गएका देवकोटा नुहाउने क्रममा शुक्रवार दिउँसो निर्माणाधिन बबई नदीको पुल नजिकैबाट बाढीले बगाएको प्रहरी नायव उपरीक्षक अर्यालले जानकारी दिएका छन्। गाउँलेले ५०० मिटर दक्षिणको बैबाङ भन्ने ठाउँबाट उनलाई उद्धार गर्दा मृतअवस्था भेटिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077