Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय दूतावासद्वारा १५ जिल्लाका बाढी पीडितलाई राहत सामाग्री वितरण (फोटोसहित)

काठमाडौँ । नेपालको विपद् व्यवस्थापनका लागि मानवीय सहायता गर्दै आएको छिमेकी राष्ट्र भारतले यसपटक बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि राहत सामग्री उपलब्ध गराएको छ।

शुक्रबार मिशन उप–प्रमुख श्रीमती नामग्या खम्पाले भारत सरकारको तर्फबाट नेपाली आठ करोड बराबरको राहत सामाग्री नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद माननीय चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई हस्तान्तरण गरिन् ।

नेपालका १५ जिल्लाहरुमा बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि वितरण गर्न लागिएको सो राहत सामग्रीमा टेन्ट, प्लास्टिक सिट, स्लीपिङ्ग म्याट र औषधिहरु रहेका छन् ।

बाढी र पहिरोका कारण जनजीवनमा पुगेको क्षतिलाई दृष्टिगत गर्दै स्थानीय सरकारसँगको समन्वयमा नेपाल–भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषद्मार्फत सो राहत सामाग्री चार प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रुपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लामा वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077