Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कमेडियन खबपु दुर्घटनामा परे

काठमाडौं। कमेडियन खड्ग बहादुर पुन (खबपु) दुर्घटनामा परेका छन्। बिहिबार साँझ ७ बजे उनी स्कुटी दुर्घटनामा परी घाइते भएका छन्।

काठमाडौंको बाँनियाटारस्थित घरबाट बाहिर निस्कने क्रममा स्कुटी चिप्लिएर उनी दुर्घटनामा परेको बताइएको छ। ट्रकलाई साइड दिन लाग्दा उनको स्कुटर अनियन्त्रित भएको हो।

खबपुको अनुहार, हात र खुट्टामा चोट लागेको छ। बिहीबार रातिनै सामान्य उपचारपछि उनी घर फर्किएका छन्। उनको स्वाथ्य अवस्था सामान्य रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077