Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • दुर्घटनामा महिलाको मृत्यु : सडक सुचारु गर्न प्रहरी र स्थानीयबीच झडप, १८ राउण्ड अश्रुग्यास प्रहार

    दुर्घटनामा महिलाको मृत्यु : सडक सुचारु गर्न प्रहरी र स्थानीयबीच झडप, १८ राउण्ड अश्रुग्यास प्रहार

    अनलाइन नेपाल
  • मंगलबार, ८ भाद्र २०७८
  • 2.7K
    SHARES

    जनकपुरधाम । धनुषमा गुडिरहेको मोटरसाइकलबाट एक महिला झरेपछि गुडि रहेको माइक्रोबसले किचेर घटनास्थलमै मृत्यु भएको छ ।

    पूर्व–पश्चिम राजमार्गमा धनुषाको मिथिला नगरपालिका वडा नम्वर ४ पुष्पलपुर स्थित मोटरसाइकलमा पछाडि सवार महिला झरेपछि सडकमा लडेलगत्तै माइक्रोबसले कुल्चिँदा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ८५८५ नम्बरको मोटरसाइकलबाट लडेकी सप्तरीको राजविराज नगरपालिका वडा नम्वर १२ बस्ने २९ वर्षीया ममता यादवलाई बा ५ ख ६०८७ नम्बरको माइक्रोबसले कुल्चिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।



    दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षीय द्वारिका प्रसाद यादव घाइते भएका हुन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनापछि आक्रोशित स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । सडक जीर्ण भएका कारण उक्त दुर्घटना भएको भन्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए । राजमार्ग अवरुद्ध गरिएकै समयमा प्रहरीले मृतकको शव उठाउन खोज्दा स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन १८ राउण्ड अश्रुग्यास र दुई राउण्ड सर्टगन प्रहार गरिएको  बस्नेतले बताए ।

    स्थानीयले गरेको ढुंगा प्रहारबाट ५ जना प्रहरी घाइते भएको उनले बताए । महिलालाई किचने माइक्रोबस र त्यसका चालकलाई नियन्त्रणमा लिइएको तथा मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ । अहिले दुर्घटनास्थलको अवस्था सामान्य भइसकेको प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार