Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेमा माधव नेपालको स्पष्ट बहुमत भएको नेता राजेन्द्र राईको दाबी

काठमाडौं । अनेरास्ववीयुका पूर्वअध्यक्ष तथा प्रदेश नं १ का प्रदेशसभा सदस्य राजेन्द्र राईले नेकपा एमालेको नेता माधवकुमार नेपाल पक्षमा स्पष्ट रुपमा बहुमत भएको दाबी गरेका छन्।

बुधबार एमाले नेता नेपालले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न निवेदन हालेसँगै एमालेका ५७ जना केन्द्रीय सदस्यहरू तटस्थ रहेको भन्दै नेपालको पक्षमा बहुमत भएको दावी गरेका हुन्

नेता राईले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, ‘माधवपक्षीय एकता अभियानवाला ५७ रे, यता नयाँ पार्टी दर्तामा हस्ताक्षर गर्ने ५८, दुवै जोड्दा ११५, निर्वाचन आयोगमा दर्ता भएको एमाले केन्द्रीय सदस्य संख्या २०३, भनेपछि माधव पक्षको बहुमत देखियो ११५, चिन्ह र नाम त पाइने देखियो।’

एमालेका २०३ केन्द्रीय सदस्यमध्ये ११५ जना नेताहरू नेता नेपालको पक्षमा भएकाले चिन्ह र नाम पाउने अवस्था देखिएको राईको भनाइ छ । नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी नामको दल दर्ता गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077