Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बस र ट्रक एकआपसमा ठोक्कियो : एक जनाको मृत्यु, १२ जना घाइते

सोलुखुम्बु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा गएराति (सोमबार) बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किदा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की २७ वर्षीया रेनुका कुलुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए।

कुलुङको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। नौ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र तीन जनाको धादिङको गल्छीस्थित बुढीगण्डकी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077