Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • देउवाको एक महिने यात्रा : ओलीले गरेका असंबैधानिक निर्णय खारेजदेखि कुलमानको पुन: नियुक्ति

    देउवाको एक महिने यात्रा : ओलीले गरेका असंबैधानिक निर्णय खारेजदेखि कुलमानको पुन: नियुक्ति

    अनलाइन नेपाल
  • शुक्रबार, २९ साउन २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको बिहीबार एक महिना पूरा भएको छ । यद्यपि सरकार गठन भएको एक महिना बितिसक्दासमेत अझै मन्त्रिमण्डलले पूर्णता पाउन भने सकेको छैन ।

    यस अवधिमा प्रधानमन्त्री देउवाले चारजना मन्त्री र एक राज्यमन्त्री गरी पाँचजना मन्त्री नियुक्ति गर्नेबाहेक अन्य मन्त्री नियुक्त गर्न सकेका छैनन् । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेपनि महत्वपूर्ण मानिएको मन्त्रिमण्डलले भने पूर्णता पाउन सकेको छैन।



    पछिल्लो समय मन्त्रिमण्डललाई पूर्णता दिन सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच दैनिकरूपमा वार्ता र छलफल हुने गरे पनि सहमति जुट्न सकेको छैन । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र मन्त्री बन्न हानाथाप शुरू भएपछि मन्त्रिमण्डल विस्तारमा ढिलाई हुँदै आएको हो।



    हाल देउवा सरकारमा कांग्रेसबाट गृह,कानुन र स्वास्थ्य राज्यमन्त्री क्रमश बालकृष्ण खाँण, ज्ञानेन्द्र बहादुर कार्की र उमेश श्रेष्ठ रहेका छन् भने माओवादीबाट अर्थ र उर्जामा क्रमसः जन्रदन शर्मा र पम्फा भूसाल रहेकी छिन्।

    यद्यपि, प्रधानमन्त्री देउवालाई सरकार बनेको एक महिनासम्म मन्त्रिपरिषद विस्तार गर्न सकस भएपनि यसअघिको सरकारले गरेका असंबैधानिक कार्यहरु खारेज गरेको छ। यस्तै सरकारले जनभावना अनुरुप नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन नियुक्त गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार