Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीमा ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते

कैलाली । कैलालीको गोदावरीमा ट्रक दुर्घटना अुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रकका चालक ३५ वर्षीय रामसिंह महरा हरेका छन्।

दुर्घटनामा परी गम्भीर घाइते भएका महराको उपचारका क्रममा अस्पतालमा निधन भएको हो। उनका घर भने बैतडीको सिगास गाउँपालिका–९ बचपानीमा रहेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै दुर्घटनामा परी ट्रकका सहचालक घाइते भएका छन्। बैतडीकै सुर्नया गाउँपालिका–५ का पंकज मडै सामान्य घाइते भएका हुन्। धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से १ ख ८५१ नम्बरको ट्रक बिहीबार साँझतिर गोदावरीमा दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077