Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख्यमन्त्री केसीद्वारा ७ सदस्यीय मन्त्रिपरिषद विस्तार, जसपाका तीनै जना मन्त्री

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।

बिहीबार मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका केसीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका सांसदहरु समेटेर मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन्।

स्रोतका अनुसार मन्त्री बन्नेहरुमा कांग्रेसबाट शहरी तथा ग्रामीण विकासमन्त्रीमा डिल्लीबहादुर चौधरी, भौतिक पूर्वाधार मन्त्रीमा जनता समाजवादी पार्टीबाट सहसराम यादव तोकिएका छन्।

यस्तै, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन् ।

अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन । मुख्यमन्त्री र मन्त्रीहरुले बिहीबार नै शपथ लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077