Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त, सपथ ग्रहणको तयारी

    लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त, सपथ ग्रहणको तयारी

    अनलाइन नेपाल
  • बिहिबार, २८ साउन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    बुटवल। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन्।

    बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।



    माओवादी प्रमुख सचेतक तुलाराम घर्तीका अनुसार उनले भर्खरै नियुक्तिपत्र बुझेकोका छन् ।



    केसी रोल्पाको निर्वाचन क्षेत्र १ को ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

    बुधबार एमालेका तर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख शेरचनले बिहीबार ३ बजेसम्म सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए । उक्त समयमा उनको मात्रै दाबी परेको थियो ।

    लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र सूर्य चिन्हबाट चुनाव लडेका एक सदस्यसहितको गठबन्धनको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

    यस्तै, मुख्यमन्त्री केसीको आजै अपरान्ह ४ बजेपछि प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

    यस्तै,मुख्यमन्त्रीमा केसीसँगै पाँच मन्त्रीले शपथ लिने भएका छन्।

    जनता समाजवादीबाट ३ जना, कांग्रेस र माओवादीबाट १/१ जनाले शपथ लिने भएका छन्। कांग्रेसबाट दाङका डिल्ली चौधरी मन्त्री बन्ने भएका छन्। उनी दाङ २ ‘ख’बाट प्रत्यक्ष निर्वाचित हुन्।

    प्युठान ‘ख’बाट निर्वाचित माओवादी केन्द्रका प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले शपथ लिने भएका छन्। शपथ अपराह्न साढे ४ बजे हुने जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार