Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त, सपथ ग्रहणको तयारी

बुटवल। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन्।

बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

माओवादी प्रमुख सचेतक तुलाराम घर्तीका अनुसार उनले भर्खरै नियुक्तिपत्र बुझेकोका छन् ।

केसी रोल्पाको निर्वाचन क्षेत्र १ को 'क' बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

बुधबार एमालेका तर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख शेरचनले बिहीबार ३ बजेसम्म सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए । उक्त समयमा उनको मात्रै दाबी परेको थियो ।

लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र सूर्य चिन्हबाट चुनाव लडेका एक सदस्यसहितको गठबन्धनको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

यस्तै, मुख्यमन्त्री केसीको आजै अपरान्ह ४ बजेपछि प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यस्तै,मुख्यमन्त्रीमा केसीसँगै पाँच मन्त्रीले शपथ लिने भएका छन्।

जनता समाजवादीबाट ३ जना, कांग्रेस र माओवादीबाट १/१ जनाले शपथ लिने भएका छन्। कांग्रेसबाट दाङका डिल्ली चौधरी मन्त्री बन्ने भएका छन्। उनी दाङ २ ‘ख’बाट प्रत्यक्ष निर्वाचित हुन्।

प्युठान 'ख'बाट निर्वाचित माओवादी केन्द्रका प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले शपथ लिने भएका छन्। शपथ अपराह्न साढे ४ बजे हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077