Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफ्नो सांसदलाई ‘बन्धक’ बनाइँदा माओवादी केन्द्र निरीह, घटनाको छानबिन तथा कारबाहीमा उदासिन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाएको भनिएको घटनालाई लोकतन्त्र, राजनीतिक, मानव अधिकार र व्यक्तिगत स्वतन्त्रतामाथिको लज्जास्पद घटना भएको टिप्पणी गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने– ‘हाम्रो पार्टी यो घटनाको भत्सर्ना एवं निन्दा गर्दछ।’ प्रदेशसभा सदस्य वलीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आफूलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाइएको बताएकी थिइन्।

तर माओवदीले घटनाको छानबिन र कारबाहीको माग भने गरेन। लुम्बिनी प्रदेश सरकार र नेकपा (एमाले)ले भने प्रदेशसभा सदस्य वलीको भनाइलाई अस्वीकार गर्दै खण्डन गरेको छ।

तत्कालीन नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्य वली एमाले र माओवादी केन्द्र छुट्टिएपछि माओवादीमा नै रहेकी छिन्। माओवादी केन्द्रले राजनीतिको यस हदसम्मको भ्रष्टीकरणबाट मुलुकलाई बचाउन सबै लोकतान्त्रिक र वैधानिक उपायका लागि अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077