Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख्यमन्त्री पद धरापमा परेपछि शंकर पोखरेल आक्रोशित, भन्छन्– ‘इतिहासले उत्तर खोज्नेछ’

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिपक्षले सत्तापक्षलाई सांसद अपहरणको आरोप लगाएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

प्रदेश प्रमुखले अविश्वासको प्रस्तावमा छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेपछि उनले ८७ सांसदलाई ८० मा झार्न प्रतिपक्षले भूमिका खेलेको आरोप लगाएका छन्।

काेही सांसदलाई राजीनामा गराउने, कसैलाई अनुशासनको कारबाही गरी निष्कासन गर्ने र कोही सांसदलाई दल परिवर्तन गराउने काम प्रतिपक्षले गरेको उनको आरोप छ।

‘दुईजना माननियलाई ’फकाएर’ राजिनामा गराउन सक्ने, ६ जनालाई ’अनुशासन’को डण्डा चलाएर निष्कासन गर्न सक्ने र एकजना माननियलाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ,’ मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘८७ सदस्यीय प्रदेशसभा कस्का कारणले ८० सदस्यमा झर्यो ? इतिहासले उत्तर अवश्य खोज्नेछ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077