Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीमा विशेष अधिवेशन आह्वानप्रति एमालेको आपत्ति, दियो यस्तो चेतावनी

बुटवल – नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएकोमा आपत्ति प्रकट गरेको छ। प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि आह्वान गरेको विशेष अधिवेशन संविधान विपरीत भएको दाबी एमालेले गरेको छ।

संविधानको धारा १६८(१) अनुसार गठन भएको एकल बहुमतको सरकारविरुद्ध दुई वर्ष नपुग्दै अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने एमालेले जानकारी दिएको छ।

‘अविश्वास प्रस्तावमाथि छलफलका लागि प्रदेश प्रमुखले बोलाउनुभएको विशेष अधिवेशनप्रति एमालेको गम्भीर आपत्ति छ,’ प्रमुख सचेतक भूमिश्वर ढकालले भने, ‘यो संविधान विपरीत छ, यसले संविधान उल्लंघन गरेको छ।’

त्यस्तै, सांसद विमला खत्री वलीले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै एमालेले कारबाहीको चेतावनी दिएको छ। एमाले संसदीय दलको बैठक र दाङ जिल्ला पार्टी कमिटीमा उपस्थित भएर हस्ताक्षर गरेकाले उनी एमाले नै भएको ढकालले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077