Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा रेलले बसलाई ठोक्दा १८ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेश राज्यस्थित बाराबंकी जिल्लामा रेलले बसलाई ठोक्दा १८ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १९ जना घाइते भएका छन् ।

लखनउ–अयोध्या सडकखण्डमा मंगलबार राति सो दुर्घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर रेलले ठक्कर दिएको हो ।

प्रहरीका अनुसार हरियाणाको पलवलबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि चालकले रातिदेखि सडक किनारमा रोकेर राखेका थिए । राति करिब १२ बजेतिर पछाडिबाट रेलले बसलाई ठक्कर दिएको थियो ।

अधिकांशको घटनास्थलमै मृत्यु भएको थियो । घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077