Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहकुल थापालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापालाई सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो । बढुवा समितिले असार १४ गते थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

थापा एआईजी बनेसँगै अब आईजीपीका लागि उनले  विश्वराज पोखरेलसँगै प्रतिस्पर्धा गर्न पाउनेछन् ।

यसअघि सरकारले थापाकै ब्याची विश्वराज पोखरेललाई मात्रै दरबन्दी थप गरी एआईजीमा बढुवा गरेको थियो । जसले गर्दा सरकारको चर्को आलोचना भएको थियो । सरकारले गल्ति सच्याएर अहिले भने आईजीपीमा प्रतिस्पर्धा गर्न पाउने गरी  दरबन्दी थप गरेर थापालाई एआईजी बनाएको हो ।

थापाले सिआईबी र अपराध महाशाखाको प्रमुख भएर सफलतापुर्वक कार्यकाल सम्पन्न गरेका थिए । उनले चितवन, काभ्रेलगायतका जिल्लाको पनि प्रमुख भएर काम गरेका थिए।

हाल प्रहरीमा प्रशासनतर्फ चार जना एआईजी छन् । चारमध्ये हरि पाल, निरज शाही र प्रद्युम्न कार्की आईजीपी शैलेश थापाकै व्याची हुन् । उनीहरू सबैले एकै मितिमा आगामी बैशाखमा अवकाश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077