Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेरी ब्युतियो २० करोड घुस काण्ड, श्रीकृष्ण गिरीबिरुद्द दुर्गा प्रसाईले अख्तियार गुहारे

काठमाडौं । झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले कलेजको सम्बन्धन माग्दा चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप दोहोर्याएका छन्।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईले  कलेजलाई सम्बन्धन माग्दा गिरीले २० करोड घुस मागेको आरोप लगाएका  हुन् ।प्रसाईंले गिरी आयोगको उपाध्यक्ष हुनसमेत योग्य नभएको ठहर गरे।

प्रसाईंले भने, ‘गिरी कानुनअनुसार आयोगका उपाध्यक्ष हुन पनि योग्य हुनुहुन्न्छ, चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरी यस बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि उहाँले मसँग २० करोड घुस माग्नु भएको थियो, मैले कानून बमोजिम अख्तियारमा उजुरी दर्ता गरेपछि उहाँ मप्रति पूर्वाग्राही हुनुहुन्छ ।’

यसअघि पनि प्रसाईंले त्यस्तै आरोप लगाउँदा गिरीले त्यसलाई खण्डन गर्दै यसले आफ्नो मानहानि भएकाले कानूनी उपचार खोज्ने चेतावनी दिएका थिए । गिरीले पनि पत्रकार सम्मेलन गरेर गिरीले प्रसाईंको आरोप कपोलकल्पित भएको बताएका थिए ।

गिरीले विकृत मनस्थिति भएका व्यक्तिले यस्तो आरोप लगाएको भन्दै त्यसमा कुनै सत्यता नभएको जिकिर गरेका थिए ।। उपाध्यक्ष गिरीले आरोप पुष्टि गर्न चुनौतीसमेत दिएका।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077