Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीको एआईजी बढुवामा डिआईजी सहकुल थापा सिफारिस

काठमाडौं । नेपाल प्रहरीको थपिएको एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दीमा डिआईजी सहकुलबहादुर थापाको बढुवा सिफारिस भएको छ ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ बसेको बढुवा समितिको बैठकले डिआईजी थापालाई एआईजी बढुवाको लागि सिफारिस गरेको हो ।

एआईजी बढुवा सिफारिस समितिमा गृहसचिब अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिब सदस्य र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य सचिब हुन्छन् । बढुवा सिफारिस समितिले बढुवाउपर चित्त नबुझे उजुरी गर्नको लागि सात दिनको समय दिएको छ। सात दिनपछि मन्त्रीपरिषदको बैठले एआईजी बढुवाको निर्णय गर्नेछ ।

थापा एआईजीमा बढुवा सिफारिस भएसँगै अब आईजीपीका लागि उनले एआईजी विश्वराज पोखरेलसँगै प्रतिस्पर्धा गर्न पाउनेछन् ।

यसअघि सरकारले थापाकै ब्याची विश्वराज पोखरेललाई मात्रै दरबन्दी थप गरी एआईजीमा बढुवा गरेको थियो । जसले गर्दा सरकारको चर्को आलोचना भएको थियो । सरकारले गल्ति सच्याएर अहिले भने आईजीपीमा प्रतिस्पर्धा गर्न पाउने गरी एआईजीको दरबन्दी थप गरेको हो ।

हाल  प्रहरीमा प्रशासनतर्फ चार जना एआईजी छन् । चारमध्ये हरि पाल, निरज शाही र प्रद्युम्न कार्की आईजीपी शैलेश थापाकै व्याची हुन् । उनीहरू सबैले एकै मितिमा अवकाश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077