Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजारमा पहिरो, एकै दिन ७१ अंकको गिरावट

काठमाडौँ । साताको दोस्रो दिन सोमबार पनि सेयर बजार परिसूचक नेप्से ऐतिहासिक अंकले घटेको छ । सोमबार नेप्से ७१. ०६ अंकले घटेर २८ सय ३४. ४१ अंकमा रोकिएको छ । यो सेयर बजार इतिहासमा विगत ४ महिना यताकै धेरै अंकको गिरावट हो ।

गत मंगलबार धितोपत्र बोर्डले ५१ कम्पनीको सेयरलाई नाम किटान गरेर जोखिमयूक्त कम्पनी बताएपछि नेप्से लगातार घटिरहेको छ । हिजो आइतबार मात्रै परिसूचक ६१ अंकले घटेको थियो ।

यस दिन कारोबार रकममा पनि उत्साहा देखिएन कूल २ सय २७ वटा कम्पनीको सेयर खरिद बिक्री हुँदा ११ अर्ब ६१ करोड बराबरकोे सेयर कारोबार भएको छ ।

यस दिन सबै समूहहरु उच्च दरमा घटेका छन्। बैंकिङ ३४, ब्यापार २९, होटल तथा पर्यटन १६५, विकास बैंक २१०, जलविद्युत १५०, फाइनान्स १२०, निर्जीवन बीमा ४२९, उत्पादन १७१, अन्य ५४, माइक्रोफाइनान्स १०५ र जीवन बीमा समूह ४५१ अंकले घटेका छन् ।

सोमबार पोखरा फाइनान्स, युनिभर्सल पावर, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, युनियन हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यस दिन सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर, लिबर्टी इनर्जी, प्रोग्रेसिभ फाइनान्स, पन्चकन्या माइको मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

सेयर बजार पूरै राताम्मे हुँदा पनि केही कम्पनीको सेयर भने बढेको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंकको मूल्य भने सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

यस दिन सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको १ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077