Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाललाई छाडेर ओली रोजेका गणेश पहाडी सामान्य प्रशासनमन्त्री

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेभित्रको आन्तरिक विवादका बेला माधवकुमार नेपाल नेतृत्वको पक्षलाई छोडेर अध्यक्ष केपी शर्मा ओली खेमामा लागेका सांसदलाई मन्त्री उपहार दिइएको छ।

आज मन्त्रिपरिषद विस्तारको तयारीमा रहेका प्रधानमन्त्री ओलीले सिन्धुलीका गणेश पहाडीलाई सामान्य प्रशासनको जिम्मेवारी दिन लागेको स्रोतको दावी रहेको छ।

सांसद पहाडी केही साता अघिमात्रै नेपाल पक्ष छाडेर ओली पक्षमा लागेका थिए ।

स्रोतका अनुसार नयाँ बन्न लागेका मन्त्रीहरुको नाम यसप्रकार रहेको छ।


  •  नारदमुनी राना, वनमन्त्री

  •  मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

  •  खगराज अधिकारी, गृहमन्त्री

  •  नैनकला थापा, संचारमन्त्री

  •  ज्वालाकुमारी साह, कृषिमन्त्री

  •  राजकिशोर यादव, उद्योगमन्त्री

  •  गणेश पहाडी, सामान्य प्रशासनमन्त्री

  •  आशा विक, वनराज्यमन्त्री

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077