Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खगराज अधिकारी गृहमन्त्री बन्दै, महेश बस्नेतमाथि अन्याय !

काठमाडौँ । मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहितलाई पूर्णता दिने भएका छन्।

स्रोतका अनुसार नयाँ नियुक्त हुन लागेका मन्त्रीहरुमध्ये गृहमन्त्रीमा खगराज अधिकारीको नाम सर्वाधिक चर्चामा छ। तर, एमालेकै अर्का सांसद महेश बस्नेत भने यो पटक पनि मन्त्री नबन्ने अवस्था देखिएको छ।  यसअघि पनि पटकपटक मन्त्रिपरिषद्को बिस्तार गर्दा प्रधानमन्त्री ओलीले बस्नेतलाई मन्त्री बनाउने आश्वाशन दिने गरेका थिए । तर, यो पटक पनि बस्नेत अन्यायमा परेको देखिएको छ।

यसअघि गृह र संचार मन्त्रालयमध्ये एकमा सर्वाधिक चर्चामा रहेका नेता बस्नेत यसपटक पनि मन्त्री नबन्ने लगभग पक्कापक्की जस्तै भएको छ।

प्रधानमन्त्री ओलीको पक्षमा देशभर युवाहरुको परिचालन गरी माहोल सिर्जना गरेका बस्नेतले जसपालाई फुटाउन पनि महत्वपूर्ण भुमिका खेलेका थिए । ओलीको सत्ता टिकाउन सांसद अपहरण गर्नसम्म पछि नपरेका सांसद बस्नेतलाई भने अन्तिम समयमा ओलीले यसअघिका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई झैँ धोका दिएको एमाले वृतमा चर्चा हुन थालेका छन्।

यद्यपि बस्नेतलाई मन्त्री बनाउन ओलीमाथि चर्को दबाब रहेको स्रोतको भनाइ छ । नेता बस्नेतलाई मन्त्री नबनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई दबाव दिदै आएकी छन्।

स्रोतका अनुसार नयाँ बन्न लागेका मन्त्रीहरुको नाम यसप्रकार रहेको छ।

१. नारदमुनी राना, वनमन्त्री

२. मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

३. खगराज अधिकारी, गृहमन्त्री

४. नैनकला थापा, संचारमन्त्री

५. ज्वालाकुमारी साह, कृषिमन्त्री

६. . राजकिशोर यादव, उद्योगमन्त्री

७. गणेश पहाडी, सामान्य प्रशासनमन्त्री

८. आशा विक, वनराज्यमन्त्री

प्रधानमन्त्री ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077