Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा अहिलेसम्मकै बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर घट्दै गएपनि यसबाट मर्नेको संख्या भने ह्वात्तै बढेको छ । दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घटेर एक लाखभन्दा कममा झरेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ६ हजार १३८ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ५९ हजार ६९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९३ हजार ८९६ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ करोड ९१ लाख ८२ हजार ७२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ लाख ६२ हजार २८० जना निको भएका छन् । २ करोड ७६ लाख ४५ हजार २२५ कोरोना संक्रमित निको भइसकेका छन् ।

भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077