Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद विघटनविरुद्धका रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि आजदेखि सुनुवाइ हुने भएको छ।

त्यसका लागि प्रधानन्यायाधी चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेपछि सुनुवाइ हुने भएको हो। यससम्बन्धी मुद्दामा ३० रिट निवेदन परेका छन् ।

प्रधानन्यायाधी राणाले न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्द मोहन भट्टराई सम्मिलित इजलास गठन गरेका छन्।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। यसबाहेक यसअघिको विघटनको मुद्दामासमेत उनी रहेकाले उनले यो मुद्दा नहेर्ने बताएका थिए। यस्तोमा उनको ठाउँमा वरियताक्रममा छैटौं नम्बरमा रहेका वरिष्ठ न्यायाधीश खतिवडालाई इजलासमा राखिएको छ।

यसअघि वरिष्ठमध्येका कुनै न्यायाधीशले मुद्दा हेर्न नमिल्ने भएमा वा बिरामी वा कुनै कारणले अदालतमा उपस्थित हुन नसक्ने भएमा त्यसपछिको बरियताका न्यायाधीशलाई प्रधानन्यायाधीशले इजलासमा संलग्न गराउने गरी सहमति भएको थियो।

यस्तै न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा सातौं वरियताका न्यायाधीश भट्टराईलाई इजलासमा राखिएको छ। यसअघि गठन भएको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले आजका लागि पेशी तोक्दै नयाँ इजलास गठन गर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077