Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा कोरोना संक्रमण घट्दै, २३ करोडले खोप लगाए

एजेन्सी । भारतमा पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको छ । दैनिक चार लाख संक्रमित थपिदै गएको भारतमा शनिबार एक लाख १४ हजार मात्र संक्रमित थपिएका छन्।

सो वधिमा एक लाख ८९ हजार संक्रमणमुक्त भएर अस्पतालबाट घर फर्किएका छन् । कोरोनाबाट एकैदिन दुई हजार ६७७ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म भारतमा कोरोना संक्रमित हुनेको संख्या २ करोड ८८ लाख ९ हजार पुगेको छ भने २ करोड ६९ लाख ८४ हजार ७८१ संक्रमणमुक्त भएका छन्।

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ लाख ४६ हजार ७ सय नाघेको छ । अहिले भारतमा १४ लाख ७७ हजारभन्दा बढी सक्रिय संक्रमित रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतमा २३ करोड १३ लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077