Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा विघटनविरुद्ध राजविराजमा विरोध प्रदर्शन

रामनारायण यादव/ सप्तरी । प्रतिनिधिसभा विघटनको विरोधमा सप्तरी सदरमुकाम राजविराजमा शनिबार विरोधमा प्रदर्शन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरीको आयोजनामा असंवैधानिक कदमको विरोधमा प्रदर्शन गरिएको हो ।

शुक्रबार मध्य राति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको सिफारिस र प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्ति तथा निर्वाचनको घोषणा गरिनु संविधान विपरी कार्य गरेकोे माओवादी केन्द्रका सप्तरी अध्यक्ष अशोक कुमार मण्डल .(अमर)ले बताए ।

जुलुशमा सहभागीहरुले असंवैधानिक कदम फिर्ता, कोरोना महामारीको व्यवस्थापन गर नारा लगाउँ नगरको विभिन्न भाग परिक्रमा पश्चात शहित दश चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

प्रदर्शनमा सहभागि पार्टीका प्रदेश सदस्य महेश प्रसाद यादव, अरुण साह, छेदी रजक, जिल्ला सदस्य रामगमन साह, भगवती यादव, लगायतको सहभागिता रहेको थियो ।

उक्त विरोध कार्यक्रमा स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्दै विरोधको कार्यक्रमा आयोजना गरीको जिल्ला अध्यक्ष मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077