Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरोना संक्रमितको उपचार गर्न सकिदैन भन्दै उपत्यकाकै चारवटा अस्पतालले उठाए हात

काठमाडौं । उपत्यका बाहिरका अस्पताहरुले अक्सिजन अभाव भएको भन्दै कोरोना संक्रमितको उपचार गर्न नसकिने जनाइरहेका बेला राजधानीकै चार वटा अस्पतालले पनि अक्सिजन ग्यासको अभाव भएको भन्दै कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने जनाएको छ ।

राजधानीको मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्रि अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर तथा हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले शनिबार संयुक्तरुपमा एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमितको उपचार गर्न नसकिने जनाएको हो ।

उनीहरुले अक्सिजन ग्यासको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण कोरोना संक्रमणका बिरामीलाई भर्ना गरी उपचारमा निरन्तरा दिन नसकिने परिस्थिति सिर्जना भएको जनाएका छन् । अस्पतालले शनिबारदेखि अक्सिजनको नियमति आपूर्ति नभएसम्म सिमित शय्यामात्र सञ्चालन ल्याएर सेवा प्रदान गरिने जानकारी दिएको छ ।

अक्सिजन उद्योगमा सर्वसाधरणको लाइन
जताततै अक्सिजन ग्यासको अभाव हुन थालेपछि सर्वसाधरण नै अक्सिजन उद्योगमा लाइन बस्न थालेका छन् । कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किँदै गएको छ । अक्सिजन अभाव चर्किँदै गएपछि मानिसहरु आफै फ्याक्ट्रीको गेटसम्म धाउन बाध्य भएका हुन् । शनिबार बालाजु औद्योगिक क्षेत्रमा रहेको अक्सिजन उद्योगमा अक्सिजन भर्न सर्वसाधारण लाइन बस्न थालेका दृष्य देखियो ।

बिरामीका आफन्तहरु खाली सिलिन्डर बोकेर फ्याक्ट्री नै धाउन थालेका हुन् । एकातिर अहिले अस्पताल भर्ना भएका अधिकांश कोरोना संक्रमितलाई अक्सिजन चाहिनु र अर्कोतिर कतिपय व्यापारीले कालोबजारी गर्न शुरु गर्नु तथा व्यक्तिहरुले पनि जोहो गर्न खोज्दा अहिले बजारमा सिलिन्डरको नै अभाव शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077