Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारको अनुरोध टेरेनन् व्यवसायीले, अस्पतालमा हाहाकार भएको अक्सिजन उद्योगतिर भण्डारण !

काठमाडौे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन ग्यास उद्योगीहरुले सरकारको निर्णयलाई वेवास्ता गरेको आरोप लगाएको छ।

यसअघि सरकारले देशभर कोरोना संक्रमणको कारण अक्सिजन अभाव हुने भन्दै उद्योगधन्दाहरुमा अक्सिजन प्रयोग नगर्न पटक पटक भन्दै आएको थियो। तर, सरकारको उक्त आदेशलाई वेवास्ता गर्दै अहिले पनि ठूलो परिमाणमा उद्योगधन्दाहरुमा अक्सिजन प्रयोग भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दावी गरेको छ।

बिहीवार दिउँसो मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उद्योगीहरुले सरकारको निर्णयको अवज्ञा गरेको बताएको हो । त्यस्तै ठूलो सङ्ख्यामा अक्सिजन सिलिण्डरहरु खाली रहने र भरेर राख्ने गरेको समेत पाइएको छ ।

सरकारको निर्णयको अवज्ञा गरेमा संक्रमण ऐन २०२० अनुसार कारबाही गर्न स्थानीय प्रशासनलाई अनुरोध गरेको छ।

पछिल्लो समय देशभर कोरोना संक्रमितको सङ्ख्या थपिँदै जाँदा संक्रमितहरुको उपचारका लागि अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेको छ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077