Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साउदी उड्न लागेका ६७ भारतीयहरू विमानस्थलबाट फर्काइए

काठमाडौँ। छिमेकी मुलुक भारतमा कोभिड–१९ को दोस्रो लहरको असर देखिन थालेपछि भारतीय राजदूतावास अगाडि सयौँ भारतीय नागरिकहरू जम्मा भइरहेका छन् ।

खाडी मुलुकले भारतमा सीधा उडान रोकेपछि भारतीयहरू नेपालको बाटो हुँदै खाडी मुलुक जान थालेसँगै भिसाका निमित्त दूतावास अगाडि जम्मा भएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागले भारतीयहरूलाई नेपालको बाटो साउदीतर्फ जानका लागि ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरेसँगै भारतीयहरू मंगलबारदेखि दूतावासअगाडि लाइन लागेका हुन्।

यसै, आइतबार साउदी उड्न लागेका ६७ भारतीयहरूलाई विमानस्थलबाट ‘नो अब्जेक्सन लेटर’ नभएको भन्दै फर्काइएको थियो ।

जजिरा एयरवेजमार्फत जान लागेका उनीहरूलाई विमानस्थलबाट फर्काइएको हो  ।

खाडी मुलुक उड्न आउने भारतीयहरूको संख्या बढेपछि एयरलाइन्सहरूलाई भ्याइ–नभ्याई भएको छ ।

कोभिड–१९ पछि भारत र नेपालले दैनिक एक–एक उडान गर्न पाउने सहमति छ । जसमा तेस्रो मुलुकमा यात्रुसमेत बोक्न प्रतिबन्ध रहेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै साउदी अरबले फेब्रुअरी पहिलो सातादेखि भारतलगायत २० देशबाट हुने सीधा उडान रोकेपछि भारतीयहरूले नेपालको बाटो रोजेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077