Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ऋषि कट्टेलसँग पार्टी एकता गरेर नाम नेकपा नै राख्ने माओवादी केन्द्रको तयारी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि फेरि बस्ने भएको छ । बैठक भोलि बिहान ११ बजे फेरि पेरिसडाँडामा बस्नेछ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टीको नाम फेर्ने, ऋषि कट्टेलको नेकपासँग एकता गर्नेदेखि एमालेमा रहने निर्णय गरेका नेताहरुलाई अनुशासनको कारबाही गर्नेसहितका एजेण्डा पेस भएका छन् ।

बैठकमा पेश भएका एजेण्डाहरमा सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र पार्टीको नाम परिवर्तन साथै (कम्युनिष्ट पार्टीहरुबीचको एकता) रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

आजको प्रमुख एजेण्डा एमालेमा लागेका नेताहरुलाई कारवाही र पार्टीको नाम फेर्ने रहेको  प्रवक्ता  श्रेष्ठले बताए।

त्यस्तै, आज विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

रिपोर्टिङको क्रममा उनीहरू एक भइसकेको पार्टी फेरि विभाजन भएपछि पूर्वमाओवादी केन्द्रका नेताहरू एमालेमा गएकाले आफ्नो पार्टीलाई घाटा भएको बताएका थिए ।

बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एकतालाई खारेज गर्ने सर्वोच्च अदालतको फैसला समस्या भएको बताएका थिए ।
आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे भने निर्णय गरेको छैन ।

बैठकमा सहभागी नेताहरुका अनुसार ऋषि कट्टेलसँग एकता गरेर पार्टीको नाम नेकपा नै राख्ने, नेपाल कम्युनिष्ट पार्टीका पछाडि केही जोड्ने वा नेपाली कम्युनिष्ट पार्टी राख्ने विषयमा समेत छलफल भएको छ ।

पछिल्लोपटक एकीकृत माओवादीले विभिन्न समूहसँग एकता गर्दै २०७२ जेठ ६ मा पार्टीको नाम बदलेर माओवादी केन्द्र बनाएको थियो । त्यसअघि २०६५ मा तत्कालीन माओवादी र एकता केन्द्र मसालबीच एकतापछि प्रचण्डले आफू नेतृत्वको पार्टीको नाम माओवादी केन्द्र बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077